'कम्युनिष्ट किल्ला' भत्काउँदै गुठीचाैरमा कांग्रेसका बुढा विजयी

Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशका संसद एवं पूर्व आन्तरिक मामिला तथा कानून मन्त्रीका बुवा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारीलाई पराजित गर्दै भारी मतले गुठीचाैर गाउँपालिकामा नेपाली कांग्रेस दानबहादुर बुढा विजयी भएका छन्।

बुढाले १ हजार ७ सय ७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादी का जनक थकालीले १ हजार ६ सय २ मत र नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जुम्ला जिल्लाकाे गुठीचाैर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार बनेका युवा नेता बुढा विजयी भएका हुन्।

जुम्ला जिल्लामा कम्युनिष्टहरुकाे किल्लाकाे रुपमा रहेकाे गुठीचाैर गाउँपालिकामा दुई वडाअध्यक्ष सहित पालिका अध्यक्ष कांग्रेसले हात पारेकाे छ। 

यस अघि २०७४ काे स्थानीय निर्वाचनमा कांग्रेसले एउटा वडा पनि जितेकाे थिएन। त्यसबेला अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारिले नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीलाई पराजित गर्दै विजयी भएका थिए।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी शान्ति कुमारी भण्डारी विजयी भएकी छन्। उनकाे अन्तिम मत परिणाम आउन बाँकी छ।

प्रकाशित मिति: : 2022-05-19 07:22:00

प्रतिकृया दिनुहोस्