सिद्धार्थनगरकाे उपप्रमुखमा एमाले नेत्री उमा अधिकारी विजयी

नेकपा (एमाले)की उम्मेदवार उमा अधिकारी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुखमा विजयी भएकी छन्।

अधिकारीले ८ हजार ८ सय १३ मत मत ल्याइन्।

अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन्।

२०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख नेकपा (एमाले)ले जितेको थियो। तर यसपालि तेस्राे स्थानमा पुगेकाे छ।

प्रमुखमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान विजयी भएका छन्।

उनले ९ हजार १ सय ३४ मत प्राप्त गरे। खान को निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन्।

एमालेका रामप्रसाद बस्याल ७ हजार ३ सय ५ मत ल्याउँदै तेस्रो स्थानमै थन्किए।

प्रकाशित मिति: : 2022-05-19 06:20:00

प्रतिकृया दिनुहोस्