कोहलपुर–४ को मत परिणाममा विवाद भएपछि राेकियाे १२ वडाकाे गणना

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

काेहलपुर नगरपालिका– ४ काे मत परिणाम विवादास्पद भएपछि तनावपूर्ण अवस्था सिर्जना भएकाे छ। खसेकाे मतभन्दा गणना भएकाे मत कम भएपछि विबाद उत्पान्न भएकाे हाे।

निर्वाचनकाे दिन १६५८ मत खसेकाे उल्लेख भएपनि निर्वाचन समितीले जारी गरेको पत्रमा भने जम्मा बदर र सदर मत गरी जम्मा १६५१ देखाएको छ।

यसरी १६५८ को मुजुल्का गरेको मत जम्मा १६५१ मात्र रहँदा यो कुनै राजनीतिक चलखेल गरेको भन्दै नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका पार्टीले सत्यतथ्य बाहिर नआउँदासम्म मत घोषणा नहुने र गणना समेत अघि नबढ्ने भन्दै बिरोध जनाएका छन।

अहिले कोहलपुर वडा नम्बर १२ को मत गणना रोकिएको छ भने वडा नम्बर ४ को आधिकारीक विजय घोषणा समेत रोकिएको छ।

प्रकाशित मिति: : 2022-05-18 22:06:00

प्रतिकृया दिनुहोस्