वडा अध्यक्षका उम्मेदवार पूर्वपत्रकार उपेन्द्र केसी पराजित

भक्तपुरको सूर्यविनायक नगरपालिका-९ मा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदवार पूर्वपत्रकार उपेन्द्र केसी पराजित भएका छन्।

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा सोही वडामा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित केसी यस पटक पराजित भएका हुन्। पत्रकार केसी एमाले समर्थित छलफल साप्ताहिकका सम्पादक थिए।

२०७४ मा वडा अध्यक्षमा विजयी भएपछि उनी पत्रकारिता छोडेर बसेका थिए। यो वडामा यो पटक नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवरी दिएका भगवान खत्री बिजय भएका छन्। 
 

प्रकाशित मिति: : 2022-05-18 19:45:00

प्रतिकृया दिनुहोस्