तुलसीपुरको मतगणना स्थलमा एमालेको नाराबाजी 

दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना स्थलमा एमालेका कार्याकताले नाराबाजी गरेका छन्।

मतगणना स्थलमा भिडभाड बढेको भन्दै केही प्रतिनिधिलाई बाहिर निकालेपछि एमाललेका कार्याकर्ताले नाराबाजी गरेका हुन्।

तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र अर्यालले बाहिर नाराबाजी भएपनि भित्र मतगणना भने जारी भएको बताए। भित्र धेरै भएर भिडभाड बढेपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै केही प्रतिनिधिलाई बाहिर पठाएको उनले जानकारी दिए।

सोहि विषयलाई लिएर मतगणना स्थल बाहिर नाराबाजी भइरहेको छ। एमालेका कार्याकर्ताले भने मतगणना स्थलमा गठबन्धनका ५ जना र एमालेका १ जना मात्रै एजेन्ट राख्न खोजेपछि विरोध गरेको जनाएको छ।

मतगणना स्थलबाट एमालेका एकजना बाहेकका सबै एजेन्ट बाहिर निकालेपछि विरोध  गरेको एमालले बताएको छ।

हिजो रातीबाट सुरु भएको तुलसीपुर उपमहानगरको वडा नं। १ को मतगणना सकिएको छ भने वडा नं। २ र ३ को गणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-18 17:52:00

प्रतिकृया दिनुहोस्