जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन्।
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन्।
यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन्। उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसबा६ महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए।
बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो। एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो। अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन्।