मध्यनेपाल नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी 

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

मध्यनेपालमा एमालेलाई पराजित गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छ्न्।

मेयरमा निर्वाचित पाण्डेले ६ हजार ५ सय ५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत प्राप्त गरेका छन्।

यसैगरी, उपमेयरमा निर्वाचित एमालेकी गुरुङले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५  मत प्राप्त गरे।

मध्यनेपालमा २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। ०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो।

प्रकाशित मिति: : 2022-05-18 15:59:00

प्रतिकृया दिनुहोस्