भरतपुर अपडेट : रेनुले लिइन् १ हजार ९०६ मतको अग्रता

File Photo
File Photo

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

प्राप्त मत परिणामअनुसार २९ हजार ४४६ मत गणना हुँदा दाहालले १० हजार ७४८ मत ल्याएकी छन्।

उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत ल्याएका छन्। उनी दाहालभन्दा १ हजार ९०६ मतले पछाडि छन्।

अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ७ हजार १६६ मत ल्याएकी छन्।

प्रकाशित मिति: : 2022-05-18 15:45:00

प्रतिकृया दिनुहोस्