धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
स्वतन्त्र उम्मेदवार हमालले १० हजार ८२५ मतका साथ अग्रता बनाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन्।
यसैगरी मेयरमा नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई हजार ४६४ मत पाएका छन्।