दाङकाे गढवा गाउँपालिकामा माओवादीका यमनारायण अध्यक्षमा विजयी

दाङको गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल (विश्वास) अध्यक्षमा विजयी भएका छन्। 

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डिसीलाई ७४२ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्।

पोखरेलले ६९०९ मत प्राप्त गर्दा डिसीले ६१६७ मत प्राप्त गरेको गढवा गाउँपालिका निर्वाचन अधिकृतको कार्यालय जनाएको छ। 

नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार भएका सहजराम यादव ४१३१ मत प्राप्त गरे। उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार शारदा चौधरी विजयी भएकी छिन्।

उनी ५१८१ मत ल्याएर विजयी भएकी हुन्। 

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीलाई ३५१ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भइन्। सीताले ४ हजार ८३० मत प्राप्त गरेकी थिइन्।

माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित भइन्। उनी ४११२ मत पाएर पराजित भएकी हुन्।

उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष विजयी भएकी थिइन्।

गढवामा ८ वटा वडा रहेकोमा एमालेले दुई वडा वडा जितेको छ। वडा नं १ मा एमालेका बाबुराम अधिकारी र वडा नं. ८ मा अब्दुल खालिक सिद्दिकी अध्यक्षमा विजयी भएका छन्। अन्य वडामा भने कांग्रेस र माओवादीले जितेका छन्।

माओवादीबाट वडा नं. २ मा भक्तु चौधरी, वडा नं. ३ मा तुलसीराम अधिकारी, वडा नं. ४ मा हरिभगत चौधरी, वडा नं. ६ मा बीरबहादुर आलेमगर विजयी भए।

कांग्रेसबाट वडा नं. ५ मा लेखबहादुर थापा र वडा नं. ७ मा राहुलदेव चौधरी विजयी भए।

प्रकाशित मिति: : 2022-05-18 11:34:00

प्रतिकृया दिनुहोस्