मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
थाहाको मेयरमा नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन्।
जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन्। थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वटा वडामा विजय हासिल गरेका छन्।