सल्यानको कपुरकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ।
मंगलबार एक कार्यक्रमकाबीच नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, २ का वडा अध्यक्ष इश्वर बुढा, ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, ५ का वडा अध्यक्ष होम बहादुर खड्का र ६ का वडा अध्यक्ष श्यामकृष्ण वोहरासहित सबै वडाका वडा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रमानपत्र ग्रहण गर्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकालाई बाह्य लगानीमैत्री गाउँपालिका बनाउने बताए। संघीय अनुदानबाट आउने बजेटबाट मात्रै पालिकाको विकास गर्न सम्भाव नरहेको र बाह्य लगानी आवश्यक हुने भन्दै सोहि अनुसार आफूले काम गर्ने बताए।