जुम्लाकाे तिला गाउँपालिकामा माओवादी विजयी

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन्।

रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मत अन्तरले पछि पार्दै विजयी भएका हुन। उनले १ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका एकराज उपाध्यायले १ हजार ९ सय १५ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन्।

उनले २ हजार ४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले १ हजार आठ सय ७ मत प्राप्त गरेकी छन्।

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा ऐमालेका रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकी बिष्णु बुढाले उपाध्यक्षमा विजयी भएकी थिइन्।

प्रकाशित मिति: : 2022-05-18 07:22:00

प्रतिकृया दिनुहोस्