नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ।
मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका छन्।
उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन्। एक जना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन्।
थापाले एक हजार दुई सय २६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन्। तेस्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय ८९ मत पाएका छन्।
त्यहाँ तीन हजार तीन मत खसेको थियो। अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीले सो वडामा वडा अध्यक्षसहित जितेको थियो।