मंगलसेन ७ मा एमाले विजयी

मंगलसेन नगरपालिकाको ७ नम्बर वडामा एमाले विजयी भएको छ। 

एमाले उम्मेदवार राजबहादुर शाहीले कांग्रेस उम्मेदवार लालबहादुर बिष्टलाई पराजित गरेका हुन्।

एमालेका उम्मेदवार शाही ३ सय ५६ मत प्राप्त गर्दै बिजयी भए । कांग्रेसका बिष्टले ३ सय २८ मत मात्र प्राप्त गरे। 

उनीहरूबीच २८ मतको अन्तर रहेको छ। उक्त वडामा एमालेको पुरै प्यालन विजयी भएको छ। 

प्रकाशित मिति: : 2022-05-17 20:24:00

प्रतिकृया दिनुहोस्