ऋषिङको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, वडामा गुमायो साख

जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मंगलबार सम्पन्न भएको मत गणनामा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम आलेले तीन हजार ३३ मत पाए। 

उपाध्यक्षमा गिनुमाया थापा विजयी भएकी छन्। उनले चार हजार ४२९ मत पाएर विजयी भएकी हुन्। उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका मधुप्रसाद थापाले तीन हजार ४८९ मत पाए। 

अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा थापा दोहोरिएका हुन्। यस अगाडी वडामा पनि क्लिन स्विप पारेको कांग्रेसको साख भने गुमेको छ। दुई वडामा स्वतन्त्र र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भए।

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कुश थापा ८३१ मत ल्याउँदै विजयी भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गरे। 

वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा दलबहादुर थापाले ४६१ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरे।

वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। नेपाली कांग्रेसका भिमबहादुर थापाले ८०८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी  एमालेका बेलबहादुर आलेले २३६ मत पाए।

वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा प्रेमराज श्रेष्ठले ७०६ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वसन्त विकले ४६९ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा बुद्धिमान राना मगरले ८२२ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले ६०७ मत प्राप्त गरेका छन्।

वडा नम्बर ६ मा मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा भक्तबहादुर आले ५६५ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छविलाल आलेले ४७४ मत प्राप्त गरे।

वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा भएका छन्। थापा ४९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका यामबहादुर थापाले २८९ मत प्राप्त गरे।

वडा नम्बर ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी भएका छन्। ३९७ मत प्राप्त गरी श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३८० मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-05-17 18:54:00

प्रतिकृया दिनुहोस्