तातोपानी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजय

जुम्लाको तातोपानी गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन्।

उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक बीरबहादुर कुंवरलाई भारी मतान्तरले हराउँदै विजय भएका हुन्।

चाैलागाईंले २ हजार ३ सय २० मत प्राप्त गरेका गर्दा कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका सुरतबहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल(रसाइली) विजय भएकी छिन्।

उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन्। उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन्। 

तातोपानीमा स्थानीय तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिए।

त्यसबेला छ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेकाे माओवादी यतिबेला एक वडा र उपाध्यक्षमा सिमित भएकाे छ।

प्रकाशित मिति: : 2022-05-17 18:15:00

प्रतिकृया दिनुहोस्