संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो। तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन।’
निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए। साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा. भट्टराईले बताए।