अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन्।
विजयी र्यालीपछि जोशीले यहाँसम्म पुर्याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए।
‘तपाईले सहयोग गर्नुभयो। यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्नेछु। मलाई यहाँसम्म पुर्याउन सहयोग गर्नुभयो, योभन्दा अझ धेरै सहयोग चाहिन्छ,’ उनले भने।
उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने चेतावनी पनि दिए। जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडक बत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए।
सुदूरपश्चिका सात वटा पहाडि जिल्लाको केन्द्रसँगैका साथै डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउने बताए।
उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दिनँ। यत्ति सहयोगले मलाई हुँदैन। योभन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नु हुनेछ भन्ने आशावादी छु।’
जोशी कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन्। यहाँ कांग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्ट थिए। जोशीले तीन हजार ६ सय १९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्धी भट्टले तीन हजार चार सय २६ मत पाए।