नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

File Photo
File Photo

नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्।

रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नाै सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गरेका थिए। नेकपा एमालेका धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भएकी छन्। उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन्।

नेकपा एमालेकी बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी छन्। नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए।

प्रकाशित मिति: : 2022-05-17 14:23:00

प्रतिकृया दिनुहोस्