जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

File Photo
File Photo

जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले तीन हजार तीन सय २७ मत प्राप्त गरेका छन्। अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवा आचार्यले तीन हजार ८८ मत र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बाकुमारी शाहले दुई हजार सात सय ४६ मत प्राप्त गरेका छन्।

शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बाकुमारी शाह ०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन्।

जुनीचाँदेका ११ वडामध्ये एमालेले तीन, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ।

प्रकाशित मिति: : 2022-05-17 14:17:00

प्रतिकृया दिनुहोस्