भरतपुर महानगर अपडेट : रेनु दाहालले लिइन् १०९ मतको अग्रता

File Photo
File Photo

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ।

हालसम्मको मतपरिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालले १०९ मतान्तरले अग्रता कायम गरेकी छन्।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ६ हजार २४९ मतका साथ अग्रता लिएकी हुन्।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार १४० मतका साथ उनलाई पच्छ्याइरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५२४ र राप्रपाका हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।

प्रकाशित मिति: : 2022-05-17 13:47:00

प्रतिकृया दिनुहोस्