भरतपुर महानगर अपडेट : रेनु दाहाल ६३ मतले अगाडि

File Photo
File Photo

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ।

पछिल्लो मत परिणामअनुसार दाहाल ६३ मतले अगाडि छिन्।

दाहालले ६ हजार १९ मतका साथ अग्रता लिएकी छन् भने सुवेदीले ५ हजार ९५६ का साथ पछ्याइरहेका छन्।

स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २ हजार ९३७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ र राप्रपाका हिमला गुरुङले ४ हजार ८८३ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-05-17 11:14:00

प्रतिकृया दिनुहोस्