एमालेको पकेट क्षेत्रका रुपमा चिनिएको दाङकाे बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका कुलबहादुर खत्री क्षेत्रीले ६६१५ मत प्राप्त गर्दै विजयी भए।
उनी निकटतम प्रतिस्पर्धी एमालेका भुवनेश्वर पौडेललाई १०७७ मतान्तरले हराउँदै विजयी भएका हुन्।
पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे। माओवादी केन्द्रका भीमबहादुर वलीले २ हजार २८ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै बमकुमारी खड्का विजयी भएकी छिन्। उनले ६ हजार ४ सय मत प्राप्त गरिन्।
खड्का निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्मालाई ९८६ मतान्तरले पछि पार्दै विजयी भइन्।
विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रकी अञ्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गरिन्। बबईमा काँग्रेसले चार र एमालेले तीन वडा जितेको छ।
कांग्रेसले वडा नं २, ५, ६ र ७ वडा जितेको छ भने एमालेले वडा नं १, ३, ४ मा वडाध्यक्ष जितेको छ। बबईमा २२ हजार १ सय ४४ मतदाता रहेकोमा १५ हजार ४ सय २४ मत खसेको थियो।
०७४ को निर्वाचनमा बबई गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो।
०४७ मा निर्वाचित एमालेका पौडेल र विश्वकर्मा नै यस पटक पनि अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार भएका थिए। तर उनीहरुले दुबै पद गुमाउन पुगेका छन्।