जुम्लाका तीन वटा पालिकामा कांग्रेस र एउटामा माओवादीकाे विजयी

Breaknlinks
Breaknlinks

जुम्लाका ४ वटा पालिकाका अन्तिम मत परिणाम सार्वजनिक भइसकेका छन् भने ४ वटाकाे हुन बाँकी छ।

मत परिणाम सार्वजनिक भएका ४ वटामध्ये ३ पालिकामा कांग्रेस तथा एकमा माओवादीका केन्द्रका उम्मेदवारले जितेका छन्।

पातारासी गाँउपालीकामा नेपाली कांग्रेसका पुर्नसींह बाेहरा २ हजार ७६८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे।

उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी जनमाया राेकाया २ हजार ७५४ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शान्ती बुढाले २ हजार ४६३ मत प्राप्त गरिन्।

यस्तै जुम्लाको सिंजा गाउँपालीका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केेन्द्रले जितेको छ।

अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल १ सय ५० मतान्तरले विजयी भएका छन्।

उनले एक हजार ९ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३९ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्रकी रजनकला शाहीले १ हजार ९५६ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सितली राेकायाले १ हजार  ६९ मत प्राप्त गरिन्।

यस्तै कनकासुन्दरी र हिमा दुबै गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्।

कनकासुन्दरी गाउँपालिकाकाे अध्यक्षमा २ हजार ८ सय ७ मत प्राप्त गरी दामाेदर प्रसाद आचार्य विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी  माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६२ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा २ हजार ३ सय मत प्राप्त गरि विजयी भएकी हुँदा उनकी प्रतिद्वन्दी माओवादीकी रिता खत्रीले १ हजार ९४५ मत प्राप्त गरिन्।

यस्तै हिमा गाउँपालीका अध्यक्षमा १ हजार ८ सय ७२ मत प्राप्त गर्दै लक्ष्मण शाही विजयी हुँदा उपाध्यक्षमा सुर्पना शाहीले १ हजार पाँच १८ मत प्राप्त गरी विजयी भइन्।

जुम्लाका अन्य ४ वटा पालीकाकाे अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। 

जुम्लामा कुल मतदाता ६७ हजार सात सय ४४ रहेकामा याे पटक जम्मा ५१ हजार नाै सय तीन मत खसेको थियाे। कुल ७६ दशमलव १९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-17 10:57:00

प्रतिकृया दिनुहोस्