सिंजामा माओवादीका पूर्णप्रसाद धिताल विजयी

जुम्लाकाे सिंजा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का पूर्णप्रसाद धिताल विजयी भएका छन्।

धितालले १ हजार ९ सय ४९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धीकाे रूपमा नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी सितला राेकाया विजयी भएकी छन्। उनले १ हजार ९ सय ५६ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले १ हजार ६८ मत ल्याएकी छन्।

यसअघि २०७४ काे स्थानीय तहकाे निर्वाचनमा सिंजा गाउँपालिकामा नेपाली कांग्रेसका देवलसिंह रावल विजयी भएका थिए भने नेमकिपाबाट प्रतिस्पर्धीकाे रूपमा धिताल स्वयं रहेका थिए।

यसपटक उनी माओवादीबाट विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-05-17 10:20:00

प्रतिकृया दिनुहोस्