रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ।
अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा ३१ मतान्तरले विजयी भएका छन्। उनी ४ हजार ४ सय ५५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाए।
उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसीले ४ सय मतान्तरले विजयी भएकी छन्। केसी ४ हजार ५ सय ६० मतसहित विजयी हुँदा कांग्रेसकी नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत पाइन्। बाँफिकोटका १० वडामध्ये माओवादीले ८ वडा जितेको छ भने कांग्रेसले २ वडामा जित हात पारेको छ।
याे अर्थमन्त्री जनार्दन शर्माकाे निर्वाचन क्षेत्र पनि हाे।