डडेल्धुरा अजयमेरुको अध्यक्षमा माओवादीका भट्ट विजयी

डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट विजयी भएका छन्।

उनी दोस्रो कार्याकालका लागि पुनः निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार भट्टले दुई हजार ४६९ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमबहादुर पालले दुई हजार २९७ मत हासिल गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बसन्ती पालले दुई हजार ५६५ मत ल्याई विजयी हासिल गरिन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कलावती भाडले दुई हजार ३०९ मत प्राप्त गरिन्।

अजयमेरु गाउँपालिकामा वडा नं १ र ६ कांग्रेस, २ र ४ माओवादी, वडा नं ५ मा एमाले र वडा नं ३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

डडेल्धुराका सात पालिकामध्ये अहिलेसम्म नेपाली कांग्रेसले दुई र माओवादीले दुई स्थानीय तह जितेका छन्।

प्रकाशित मिति: : 2022-05-16 20:52:00

प्रतिकृया दिनुहोस्