हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन्।

हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन्।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन्। नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडी पर्न थालेका छन्। पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन्।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन्।

प्रकाशित मिति: : 2022-05-16 20:15:00

प्रतिकृया दिनुहोस्