महोत्तरीको बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन्। 

जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने  निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन्।

बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने बाँकी १,७,१३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन्। 

नगरमा पनि वागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन्। उनी निकटम प्रतिद्वन्दी भन्दा दोब्बर मतले अघि छन्। विशाल बस्नेत 

प्रकाशित मिति: : 2022-05-16 20:02:00

प्रतिकृया दिनुहोस्