रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय ६० मत पाए।
त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गरिन्।
उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन्। वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेकै लालबहादुर तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका अमर बुलुन र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका यमनाथ आचार्य विजयी भएका छन्।