पोखरा महानगर : एकीकृत समाजवादीका आचार्य झण्डै ७ सय मतान्तरले अगाडि 

File Photo
File Photo

हालसम्म पोखरा महानगरपालिकामा १३ हजार ६ सय ४३ मत गनिएको छ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडि छन्।

उनले ५ हजार ७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाए।

उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन्।

हालसम्म ३ वटाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-16 18:26:00

प्रतिकृया दिनुहोस्