अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

File photo
File photo

डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। 

अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन्।

अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए। उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए। यी दुईबीचको मतान्तर १७२ रहेको छ।

यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए। उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन्। यी दुईबीचको मतान्तर २५६ रहेको छ। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ बिपी कांग्रेस र एमालेको गठबन्धन छ।

प्रकाशित मिति: : 2022-05-16 17:53:00

प्रतिकृया दिनुहोस्