घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, उपप्रमुखमा भने कांग्रेस अगाडि

दाङको घोराही उपमहानगरपालिकामा हिजो साँझदेखि प्रमुखमा एमालेका उम्मेदवार नरुलाल चौधरीले लिएको अग्रता कायम गरेका छन्।

वडा नं १९ बाट मत गणना सुरु गर्दा गठबन्धनबाट प्रमुखका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड)ले अग्रता लिएका थिए। उनको अग्रता दुई दिनसम्म रह्यो।

तर हिजोसाँझबाट भने चौधरीले लिएको ग्रतालाई अहिले पनि कायम गरेका छन्। आज साँझ ५ बजेसम्मको मत परिणामअनुसार चौधरीले ९ हजार १९७ मत प्राप्त गरेका छन् भने शर्माले ९ हजार १३० मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका भुपबहादुर डाँगीले १० हजार १४२ मत ल्याउँदै अग्रता लिइएका छन्। यो अग्रता आज दिउँसोसम्म एमालेबाट उपप्रमुखकी उम्मेदवार हुमा डिसीले लिएकी थिइन्।

अहिले हुमालाई पछि पर्दै डाँगीले आफ्नो अग्रतालाई ह्वात्तै बढाएका छन्। डिसीले मात्र ८ हजार ६९६ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

घोराहीमा वडा नं १९, १, १८ र १४ को अन्तिम मत परिणाम आइसकेको छ। जसअनुसार वडा नं १९ मा गठबन्धनले जितेको छ भने अन्य वडामा भने एमालेले जित निकालेको छ।

प्रकाशित मिति: : 2022-05-16 17:58:00

प्रतिकृया दिनुहोस्