काठमाडाैँ महानगरपालिमा मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ५ लफ्याङका विजय फुयाल र रमेश खड्का रहेका छन्। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेकाे हाे।
बाजी थाप्नु गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।