कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्। शाही २७९७ मत ल्याएका थिए।
शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले २३६६ मत ल्याएका थिए।
उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन।
एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।