भरतपुर महानगरमा विजय सुवेदीले बढाउँदै अग्रता 

File Photo
File Photo

भरतपुर महानगरपालिकाकाे प्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार रहेका विजय सुवेदीकाे अग्रता कायमै रहेको छ।

पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार सुवेदीले ४ हजार ४०० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन्।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९०० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुख पदको उम्मेदवार चित्रसेन अधिकारी ५ हजार १०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३ हजार ४८३  प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-16 14:53:00

प्रतिकृया दिनुहोस्