झापाको गौरादह नगरपालिकाको जारी मतगणना प्रक्रियामा वडा न.१ र २ को नतिजा आइसकेको छ।
वडा न.१ मा नेकपा एमालेले प्यानलै जितेको छ भने वडा न. २ मा नेपाली कांग्रेस–माओवादी गठबन्धनले ‘क्लिन स्विप’ गर्न सफल भयो।
सोमबार मध्याह्नदेखि वडा न.३ को मतगणना सुरु गरिएको छ। प्रारम्भिक नतिजाअनुसार ४०० मत गन्दा एमालेका बागी उम्मेदवार दिलिप भण्डारी १८० मतका साथ अग्र स्थानमा रहेका छ्न्।
चुनाव चिन्ह्र जेब्रा भएका उनलाई नेकपा एमालेका उम्मेदवार गजेन्द्र घिमिरेले १२२ मतका साथ पछ्याइरहेका छन्।
नेकपा एमालेको झापा जिल्ला अध्यक्ष दीपक कार्कीको वडा भएका कारण यो वडालाई महत्त्वका साथ हेरिएको छ।
कार्कीले आफ्नै वडामा उम्मेदवार व्यवस्थापन गर्न नसक्दा एमालेबाट भण्डारीले बागी उम्मेदवारी दिएका हुन्।