चितवनकाे भरतपुर महानगरपालिकामा एमालेबाट मेयरकाे उम्मेदवार बनेका विजय सुवेदीले ३७ मतकाे अग्रता बनाएका छन्।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १४४ मत प्राप्त गरेकी छन्।
त्यसैगरी मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन्।
उपमेयरमा भने कांग्रेसका उम्मेदवारको अग्रता छ । कांग्रेसबाट उपमेयरमा उम्मेदवार बनेका चित्रसेन अधिकारी ४ हजार ८२८ कत प्राप्त गरेका छन्।