विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन्।
विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी भएका छन्। यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन्।