जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

File photo
File photo

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् ।

२५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन्। उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए।

केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमिकाबाट बिदा भएका हुन्। राई २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए।

उनले गाविसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाइल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो। तत्कालीन गाविसलाई नमुना बनाउन पहल गरेबापत उनले तत्कालीन जिल्ला परिषदबाट उत्कृष्ट गाविस अध्यक्षको रूपमा सम्मान पाएका थिए। 

प्रकाशित मिति: : 2022-05-16 12:00:00

प्रतिकृया दिनुहोस्