धादिङको गजुरी गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चेपाङ विजय भएका छन्।
कुल ११५९ मत खसेकोमा गठबन्धनबाट उम्मेदवार बनेका चेपाङले ८९४ मत ल्याइ वडाध्यक्षमा विजय भएका हुन्। उनी यसअघि पनि ४ नम्बर वडाकै वडाध्यक्षमा निर्वाचित भएका थिए।