चन्दननाथ–५ कांग्रेसकाे काेर एरियामा माओवादीका कार्की विजयी, मेयरमा स्वतन्त्र उम्मेदवारकाे पल्ला भारी

Breaknlinks
Breaknlinks

चन्दननाथ नगरपालिका–५ काे वडा अध्यक्षमा मनाेनयनकाे अन्तिम समयमा कांग्रेस छाेडेर माओवादी राेजेका विर्ष बहादुर कार्कीले एक सय ६८ मत ल्याएर विजयी भएका छन्।

वडा–५ कांग्रेसकाे काेर एरिया मानिन्छ। तर मेयरकाे टिकट राजुसिंह कठायतले नपाएपछि विद्राेही बनेकाे बजारले वडा अध्यक्षमा पनि कांग्रेसलाई हराएकाे छ। 

पाँच नम्बर वडामा स्वतन्त्र उम्मेदवारले एक सय ४९ मत पाउँदा कांग्रेसले एक सय ४३ मत मात्रै पायाे।

यसैगरी चन्दननाथ नगरपालिकाकाे वडा नम्बर १ देखि ५ सम्मको मत गणना सकिदा मेयरकाे स्वतन्त्र उम्मदरले कठायतले मतान्तर बढाउँदै लगेका छन्। उनी १२ सय ९६ मतले लिड गरिरहँदा नेकपा माओवादि केन्द्रका जीवन बुढथापाले आठ सय ८६ मत सहित पछ्याइरहेका छन्। 

बुढथापा भन्दा कठायत ४१० मतले अगाडी छन्। 


चन्दननाथ नगरपालिकाको अपडेट

नगरप्रमुख
राजुसिंह कठायत स्वतन्त्र (धारो) : १२९६
जीवनबहादुर बुढ्थापा (माओवादी) : ८८६
पदमबहादुर शाही (कांग्रेस) ७९९
धर्मेन्द्र रोकाया (सूर्य) : ३४८
राजुसिंह कठायत जीवन बुढथापा भन्दा ४१० मतले अगाडी

नगर उपप्रमुख
रामदेवी खड्का (कांग्रेस) : ११४५
पुर्णिमा विक (माओवादी) : ८४४
मेनका रेग्मी (एमाले) : ४९८
भिमबहादुर थापा (समाजवादी) : ६५८
रामदेवि खडका पूर्णिमा विक भन्दा ३०१ मतले अगाडी

प्रकाशित मिति: : 2022-05-16 09:37:00

प्रतिकृया दिनुहोस्