त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। दुबै पदमा फराकिलो मतान्तरले नेपाली कांग्रेसले जितेको हो।

गाउँपालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन विजयी भएका छन्। रावतले ३३ सय ६९ मत प्राप्त गरेका छ्न्। ३१ सय ८६  मतका साथ पुनले उपाध्यक्ष जितेकी छ्न्।

नेकपा (एमाले)का लोकेन्द्र खड्काले १७ सय ९६ मत प्राप्त गर्दा एकीकृत समाजवादीका डिल्ली केसीले २ हजार १७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा एमालेका कलावती ओलीले १८ सय १९ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले २ हजार ३५ मत प्राप्त गरेका छ्न्।

त्रिवेणीमा माओवादी केन्द्र र एकीकृत समाजबादि केन्द्रले गठबन्धन गरेका थिए। २०७४ को स्थानिय तह सदस्य निर्वाचनमा समेत कांग्रेसले अध्यक्ष, उपाध्यक्ष जितेको थियो।

प्रकाशित मिति: : 2022-05-16 06:53:00

प्रतिकृया दिनुहोस्