मालारानीको भविष्य एमालेको हातमा, गठबन्धनलाई हराउने को हुन् भट्टराई ?

कमल प्रभात

सन्धिखर्क
Breaknlinks
Breaknlinks

अर्घाखाँचीको मालारानी गाउँपालिकाको बागडोर फेरि पनि नेकपा (एमाले)को हातमा पुगेको छ। आगामी पाँच वर्ष पनि यो गाउँपालिका एमालेले हाँक्नेछ। मंगलबार बिहान सकिएको मतगणनाअनुसार एमालेका उम्मेदवार दलबहादुर भट्टराईले सत्ता गठबन्धनबाट साँझ उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतले पराजित गर्दै मालारानीको नेतृत्व गर्ने सुनौलो अवसर पाएका छन्।

यसअघि २०७४ सालमा पनि यो गाउँपालिका एमालेले बालकृष्ण शर्मा आचार्यले जितेका थिए। जसको साख: भट्टराईले जोगाए। निक्कै कडा चुनावी प्रतिस्पर्धा भएको यहाँ एमालले ७ वटा वडासहित एमालेले जित्यो। अब यहाँको पालिकाको नेतृत्व भट्टराईले गर्ने छन्।

विगतमा आचार्यले नेतृत्व गर्दा असफल बनेको यो गाउँपालिका अब भट्टराईको नेतृत्वमा के होला ? के भट्टराईले सम्रग गाउँपालिकालाई घोषणा पत्रमा लेखिएकाे जस्तै साँच्चै कायपलट गर्लान त ? यो प्रश्न मन उब्जिने बित्तिकै यहाँका जनताहरुले एमालेप्रति शंका गर्नु स्वभाविकै छ। तथापि, नेतृत्व गर्ने व्यक्तिको योग्यता, क्षमता र सोचप्रति सबै कुराहरु निर्धारित रहन्छन्।

०००

त्यसो भए को हुन् त भट्टराई ?

यो प्रश्न आउनुअगाडि अधिकांश मालारानीबासीले प्रतिप्रश्न गर्ने प्रश्न हो, दलबहादुर भट्टराई राजनीतिज्ञ हुन र ?

हो, गाउँ/समाजमा कम घुलमिल भएकै कारण उम्मेदवारी घोषणा गर्नुअघिसम्म उनलाई धेरैले चिन्दैन थिए। तर, ‘पपुरालाटी’कम भएपनि पार्टीको बलमा उनले चुनाव जिते। तथापि, आम नागरिकले सोचेको जस्ताे उनी राजनीतिनै नगरेका व्यक्ति भने होइनन्।

भट्टराई हाल नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको सदस्य हुन्। पार्टीमा जिल्ला कमिटी सचिव, जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य साथै इलाका कमिटी र गाउँ कमिटीमा बसेर काम गरिसकेका व्यक्ति हुन्, उनी। उनी पार्टीको सातौं र आठौं राष्ट्रिय महादिवेनमा प्रतिनिधि समेत बनेका थिए।

त्यसाे त उनी यहाँसम्म आउनुमा उनकाे राजनीतिक पृष्ठभूमि पनि बलियाे छ। भट्टराई २०५४ सालको स्थानीय निर्वाचनमा अत्यधिक बहुमतका साथ हंसपुर गा.वि.स.को अध्यक्षमा बिजयी भएका थिए। उनले सिद्धार्थ माध्यमिक विद्यालय हंसपुरको अध्यक्ष, उच्च माध्यमिक तह संचालन समितिको अध्यक्ष समेत भएर २०६४ सालदेखि १०+२ खोल्न सफल भए। जसको कारण हालसम्म सयौं विद्यार्थी लाभान्वित भइसकेका छन्। उनले वैद्यनाथ माध्यमिक विद्यालय बामरुकको अध्यक्ष भई धेरै वर्षदेखि काम गर्दै आएका छन्।

त्यसअघि उनले एक शिक्षक रूपमा जीवनकाे लामाे समय बिताएका छन्। २०४१ सालमा अंग्रेजी र अर्थशास्त्रबाट स्नातक गरेका उनले २०४९ सालमा एक वर्षे वि.एड.गरे। २०४२ सालदेखि शिक्षण पेसामा संलग्न भई शान्ति मा.वि. धारापानी र सिद्धार्थ मा.वि. हंसपुरमा अंग्रेजी विषय अध्यापन गर्दै आएका उनले जनताको मागअनुसार २०५४ साल वैशाख १८ गते माध्यमिक तहको शिक्षक पदबाट राजिनामा गरी तत्कालीन हंसपुर गा.वि.स.को अध्यक्ष पदमा उम्मेदवार थिए।

०००

यसरी उनी एक कुशल शिक्षक र सफल राजनीतिज्ञ हुन। तर, मालारानी गाउँपालिकालाई समृद्ध बनाउनमा उनकाे यतिमात्रै याेग्यताले पुग्ने छैन। उनीमाथि चुनाैतीका खातहरू छन्। सबैभन्दा ठूलाे कुरा यसअघिका अध्यक्ष आचार्यले तहसनहस बनाएकाे याे पालिकालाई उनले सही मार्गमा ल्याउन सक्नुपर्छ। त्यसका लागि उनमा ठूलाे आँट र छिटाे, छरिताे निर्णय गर्न सक्ने क्षमता हुनु आवश्यक छ। त्यसमाथि उनी युवाकाे साेच र हालकाे विकासक्रमअनुसार काम गर्न सक्दैनन किनकी उनमा प्राविधिक ज्ञानकाे कमी छ, युवा मतलाई प्रतिनिधत्व गर्न कठिन हुनेछ।

त्यस्तै यहाँकाे मुख्य समस्या भनेकाे चरम भ्रष्ट्राचार र स्राेत साधानकाे प्रयाेग गर्न नसक्नु हाे। पहिलाे कुरा त उनले यहाँकाे भ्रष्ट्राचार अन्त्य गर्नुपर्छ। त्यसका लागि उनी आफ्नै कार्यकर्ताबाट असुरक्षित छन्, किनभने यहाँकाे अध्यक्ष पदमा व्यक्ति फरक आएपनि कर्मचारी तन्त्र पहिलाकै रहनेछ र पार्टी कार्यकर्ता पनि उनै रहने छन्। यिनीहरूले नै भट्टराई भ्रष्ट्राचारकाे दैलाेतिर धकेकलिने सम्भावना प्रवल छ। त्यस्तै यहाँका अधिकांश वडाहरूमा एमालेकै प्यानलले जित हासिल गरेकाे हुँदा ‘काले–काले मिलेर खाम भाले’काे अवस्था पनि आउन सक्छ, किनभने गाेप्य स्राेतकाअनुसार यहाँमा अधिकांश वडा अध्यक्षका उम्मेदवारले चुनाव जित्नमा ठूलाे रकम खर्च गरेका छन्। त्यसमाथि भट्टराई आफैले चुनाव जित्नकाे लागि ठूलाे स्राेत खर्च गरेका दृष्टान्तहरू बाहिर आएका छन, जसले उनलाई विकासभन्दा आम्दानीमुखी बनाउनु स्वभाविक हुनेछ। त्यसैले उनकाे कार्यकालमा पनि यहाँ भ्रष्ट्राचार नहाेला भन्न सकिन्न। तथापि, उनले चाहेका यी कुराकाे अन्त्य गर्ने समय लाग्ने छैन। यसमै मालारानीबासीकाे भविष्य जाेडिनेछ।

यसरी नवनिर्वाचित अध्यक्ष भट्टराईमाथि चुनाैतिका खातै–खात छन्। पहिलाे कुरा त उनी आफूले आफैलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। दाेस्राे कुरा यहाँका स्राेत, साधनकाे परिचानमा उनले जाेड् दिनुपर्छ। मालारानी धेरै सम्भावना बाेकेकाे ठाउँ हाे। यसलाई सबै कुराकाे हब बनाउन सकिन्छ। त्यसका लागि उनमा दूरगामी साेचकाे आवश्यकता हुनुका साथै उपलब्ध बजेटकाे सही सदुपयाेग गर्न सक्नुपर्छ। यहाँ भएका युवा जनशक्तिलाई उनले स्कुलमा विद्यार्थीलाई पढाउँदाजस्ताे क्षमतावान बनाउन सक्नुपर्छ, यहाँका पूर्वाधारकाे विकास गर्नुपर्छ, शिक्षामा सुधार ल्याउनुपर्छ, स्वास्थ्यमा सहजता प्रदान गर्नपर्छ।

निक्कै सम्भावना भएकाे मालारानीलाई भट्टराईले सही मार्गमा ल्याउन सकुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले भनेकाे जस्ताे ‘भ्रष्ट्राचार गर्नु आमाकाे रगत पिउनु सरह हाे,।’ भट्टराई आफूले पनि आमाकाे रगत नपिउन र अरूलाई पनि पिउन नदिउन, विद्यालयमा विद्यार्थीलाई सिकाएजस्ताे मालारानीबाीलाई सिकाउन, भ्रष्ट्राचारी जस्ताे नभइ सबैले सम्मान गर्न लायक मास्टर (शिक्षक) बनुन, यसमै जाेडिएकाे छ मालारानीबासीकाे भविष्य।

मालारानीले आगामी पाँच वर्षमा विकासले काँचुली फेराेस्, नवनिर्वाचित भट्टराईलाई सफल कार्यकालकाे शुभकामना।

प्रकाशित मिति: : 2022-05-17 07:00:00

प्रतिकृया दिनुहोस्