भरतपुरमा अग्रता बढाउँदै विजय

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल फेरि पछि परेकी छन्।

यसअघि रेणु ३ मतले अगाडि बढेकी रेणु पछिल्लो मत परिणाममा पछि परेकी हुन्।

उनलाई नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिए । दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन्।

८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छन्।

प्रकाशित मिति: : 2022-05-16 05:56:00

प्रतिकृया दिनुहोस्