रसुवाको कालिका गाउँपालिका ३ मा कांग्रेस प्यानलै विजयी  

रसुवाको कालिका गाउँपालिका ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए। 

कालिका गाउँपालिका ३ को वडा सदस्यमा कांग्रेसबाटै खिलबहादुर न्यौपाने, नारायणप्रसाद अधिकारी, महिला सदस्यमा लालमाया तामाङ र दलित महिला सदस्यमा आरती परियार विजयी भएका छन्। 

प्रकाशित मिति: : 2022-05-15 19:51:00

प्रतिकृया दिनुहोस्