महाकाली नगरपालिकामा एमाले उम्मेदवार विजयी

दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन्। 

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन्। चैसीरसँग पराजित भएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गरे। भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए। 

उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उनी पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गरिन्।  महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो। त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए।

प्रकाशित मिति: : 2022-05-15 19:24:00

प्रतिकृया दिनुहोस्