रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी 

file photo
file photo

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक नतिजा अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले जितेको छ।

नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए।

यस्तै सदस्यमा सुरज तामाङ र मिङ्मार घले बिजयी भएका हुन्। २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो।

प्रकाशित मिति: : 2022-05-15 18:22:00

प्रतिकृया दिनुहोस्