काठमाडौंको उपमेयरमा सुनिता डंगोल गठबन्धनभन्दा तेब्बर बढी मतले अगाडि

file photo
file photo

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले ३ हजार १५८ मत प्राप्त गरेकी छन्। यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुनाभन्दा बढी हो।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ९१५ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए।

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६९२ मत प्राप्त गरेकी छन्। 

प्रकाशित मिति: : 2022-05-15 16:35:00

प्रतिकृया दिनुहोस्